२०८१ जेष्ठ ३० गते बुधवार

रोल्पामा साइकलबाट लडेर एक जनाको मृत्यु



४ असार, रोल्पा – रोल्पामा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ । परिवर्तन गाउँपालिका वडानम्बर ५ खेस्रावाङका २१ वर्षीय दिनेश वलीको साइकलबाट लडेर मृत्यु भएको हो ।

शुक्रबार साँझ साढे ६ बजे बाटोमा साइकल चलाउने क्रममा अनियन्त्रित भई उनी ३०० मिटर तल खसेर घाइते भएका थिए ।

घाइते वलीलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागी रोल्पा अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असार ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस्