२०८१ चैत्र १० गते आइतवार

गढवामा सर्पले डसेर एक बालिकाको ज्यान गयो



४ असार,घोराही –
दाङको गढवामा सर्पले डसेर एक बालिकाको ज्यान गएको छ। गढवा गाउँपालिका–७ विजयपुर निवासी १२ वर्षीया रेश्मा बोहोराको ज्यान गएको लमही अस्पतालले जनाएको छ ।

सर्पको डसाइबाट अचेत बनेकी रेश्माको गढवा सर्पदंश उपचार केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि लमही अस्पताल ल्याइए पनि उनलाई अस्पतालमा ल्याएको केही क्षणमै चिकित्सकले मृत घोषणा गरेका थिए ।

बिहान साढे सात बजे गोठमा पराल लिन गएको समयमा गोमन सर्पले डसेको उनकी आमा सरिता बोहराले बताउनुुभयो ।।

प्रकाशित मिति : २०७८ असार ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्