२०८१ चैत्र ६ गते बुधवार

१३ अस्पताललाई अक्सिजन प्लान्ट बिस्तार गर्न पौने १७ करोड विनियोजन



४ जेठ,काठमाडौं । अर्थ मन्त्रालयले देशका बिभिन्न १३ वटा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट बिस्तार गर्न बजेट विनियोजन गरेको छ। १३ वटा जिल्ला अस्पताल अन्तरगत दाङको तुलसीपुरमा रहेको प्रादेशिक अस्पताल पनि परेको छ ।

मन्त्रालयले अन्य जिल्ला अस्पताललाई अक्सिजन प्लान्ट बिस्तार र तनहुँको दमौली अस्पतालमा पाइप लाइन बिस्तारका लागि कुल १६ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुसार मंगलबार मन्त्रीस्तरिए निर्णयबाट थप बजेट निकासा दिइएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २०७८ जेष्ठ ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्