२०८१ चैत्र १० गते आइतवार

जसपा ओली सरकारमा नजाने, पाए आफैं नेतृत्व लिने



४ जेठ,काठमाडौं –जनता समाजवादी पार्टी (जसपा) ले तत्काल ओली सरकारमा नजाने निर्णय गरेको  छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो निर्णय गरेको हो । पार्टी सरकारमा सहभागी नहुने निर्णय गरेको हो। जसपा अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले आज संयुक्त विज्ञप्ति निकालेर पार्टी प्रतिपक्षमै रहने जनाएकाो हो ।

विज्ञप्तिमा भनिएको छ, ‘जनता समाजबादी पार्टी नेपाल संघीयत, लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र धर्मनिरपेक्षता, जाातीय, वर्गीय, लैंगिक र असमानतालाई अन्त्य गरी समानता, स्वतन्त्रता, सामााजिक न्याय र सामाजबाद सहितको लक्ष्य प्राप्तिका लागि मुलुकमा नयाँ वैकल्पिक लोकतान्त्रिक राजनिितक शक्ति निर्माणाको  प्रकृयामा छ ।’

पार्टी भित्रका गतिविधिहरु पार्टीको विधान, विधि प्रकया र संगठनात्मक कार्य प्रणाली अनुरुप हुने गरी गरीनुपर्दछ विज्ञप्तिको ३ नं. बुँदामा भनिएको छ ।

राजनीतिक दाउपेच र अड्कलबाजीहरु भएपनि  तत्काल पार्टी सरकारमा सहभागी नहुने कुरा स्पष्ट पारेको छ ।  बरु विभिन्न गुट उप गुटमा गैर जिम्मेवार गैर राजनीतिक कृयाकलाप भएको प्रति पार्टीको ध्यानकर्षण भएको जनाएको छ ।

राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा जनता समाजबादी पार्टी अघि बढ्ने प्रष्ट पारेको छ । तर, आली सरकारमा सहभागी नहुने कुरा प्रष्ट पार्दै पार्टी एकतालाई अझ सुदृढ गरी यसलाई बलियो बनाउन नेतृत्व र पार्टी सदस्य लाग्ने बताएको छ ।

हेर्नुस् विज्ञप्तिसहित

 

jasapa.JPG

jasapa2.jpg

अर्थडबलीबाट

प्रकाशित मिति : २०७८ जेष्ठ ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्