२०८२ बैशाख १२ गते बिहिवार

सल्यानका तीन क्याम्पसमा तीन विद्यार्थी संगठनका नेतृत्व प्यानलनै विजयी



५ चैत ,सल्यान- सल्यानमा निर्वाचन भएका चार मध्य तीन क्याम्पसको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । सल्यान बहुमुखी क्याम्पस खलंगामा अनेरास्ववियु, शिवजन क्याम्पस शितलपाटी  नेविसंघ र फारुला बहुमुखी क्याम्पस फारुलामा अखिल  (क्रान्तिकारी) प्यानल सहित विजयी भएका छन् ।

फारुला बहुमुखी क्याम्पसमा अनेरास्ववियू, नेविसंघ, राप्रपा र विल्लव नेतृत्वको विद्यार्थी संगठनको सयुक्त प्यानललाई पाराजित गर्दै अखिल (क्रान्तिकारी) को पुरै प्यानल विजयी भएको छ । अखिल (क्रान्तिकारी) की हिमा शर्मा निर्वाचित हुनु भएको हो ।

सल्यान बहुमुखी क्यम्पसमा अनेरास्ववियु र नेविसंघका संयुक्त उम्मेदवार अनेरास्ववियुका विशाल पुनको प्यानल विजयी भएको हो । १२० मत ल्याएर विजयी भएका पुन निर्वाचत हुनु भएको हो । उहाँका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका सितल कंवरले ३० मत प्राप्त गर्नु भएको छ ।
यस्तै शिवजन क्याम्पसमा अनेरास्ववियू र नेविसंघ सयुंक्त प्यानलबाट नेविसंघका सञ्जय हमाल निर्वाचित हुनु भएको छ । उहाँले १९४ मत ल्याएर निर्वाचित हुनु भएको हो । उहाँको निकटतम प्रतिद्धन्द्धी अखिल क्रान्तिकारीका रोशन खड्कीले ८७ मत प्राप्त गर्नु भएको छ ।

जनकल्याण क्याम्पस थारमारेको मतगणना भइरहेको छ । जिल्लाका सात क्याम्पस मध्ये तीनमा निर्वाचन र तीनमा निविर्रोध नेतृत्व चयन भइसकेको छ ।
यस अघि तीन क्याम्पसमा निविर्रोध नेतृत्व चयन भइसकेको छ । बनगाड क्याम्पस बनगाडमा अखिल (क्रान्तिकारी) का जीवन विष्ट शारदा क्याम्पसमा शंखमुलमा अनेरास्ववियु का विश्व खड्का र कपुरकोट बहुमुखी क्याम्पस कपुरकोटमा नेविसंघका झलक ओली निविर्रोध निर्वाचित भइसकेका छन् ।

प्रकाशित मिति : २०८१ चैत्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्