
५ चैत, घोराही- पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य रेखा शर्माले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा सङ्घीय बजेटबाट निर्माण भइररहेका विकास योजनाको अनुगमन गर्नुभएको छ।
सो क्रममा उहाँले योजना निर्माणको अवस्थाबारे सम्बन्धित कार्यालयका प्रमुख तथा प्रतिनिधि, निर्माण व्यवसायी र स्थानीयसँग छलफल गर्नुभएको छ। यो निर्वाचन क्षेत्रमा चालु आवमा संघीय बजेटबाट विभिन्न कार्यालयअन्तर्गत सय बढी योजना निर्माणाधीन अवस्थामा छन् ।
प्रकाशित मिति : २०८१ चैत्र ५ गते मङ्गलवार