२०८० फाल्गुन ११ गते शुक्रवार

दाङमा पात पतिङगरलाई डढेलोबाट बचाएर मल बनाईदै



४ चैत्र,घोराही- दाङमा डढेलो नियन्त्रणका लागि वनबाट पात पतिङ्गर सङ्कलन गरी कम्पोस्ट मल बनाउन सुरु गरिएको छ । डिभिजन वन कार्यालय दाङले डढेलो जोखिम क्षेत्रको पहिचान गरी आठ ठाउँमा कम्पोस्ट मल बनाउन सुरु गरेको हो ।

वनमा रुखबाट झर्ने पातपतिङ्गर, स्याउला र सुक्खा घाँसका कारण बर्सेनि वनमा डढेलोको घटना बढेको भन्दै वन डढेलो नियन्त्रण र स्थानीय किसानको उत्पादनमा सहयोग गर्नका लागि कम्पोस्ट मल बनाउने काम थालिएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो ।

वनमा खेरा गइरहेको वस्तु सङ्कलन गरी उत्पादन हुने प्राङ्गारिक मल स्थानीयलाई दिइने र यो मलबाट किसानले आफ्नो उत्पादन बढाउन सक्ने सूचना अधिकारी केसीको भनाइ छ ।

वनमा डढेलो लगाउनु हुँदैन भन्ने चेतनाको अभाव तथा वनमा डढेलो लगाउनेको पहिचान गरी कारबाही गर्न नसक्दा डढेलो लाग्ने गरेको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभएको छ ।।

प्रकाशित मिति : २०७८ चैत्र ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्