२०८१ साउन १० गते बिहिवार

होली खेल्ने क्रममा छतबाट खसेर एक जनाको ज्यान गयो, एक जना घाइते



४ चैत,घोराही – काठमाण्डौमा होली खेल्ने क्रममा घरको छतबाट खसेका एक जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् । तारकेश्वर नगरपालिका ५ गोलढुङ्गाका हेमराज खड्काको घरमा डेरा गरी बस्ने ४३ वर्षीया डिबनकुमारी खड्काको ज्यान गएको प्रहरीले जनाएको छ ।

छतबाट लडेर हिजो बिहीवार घाइते भएकी खड्काको उपचारको क्रममा नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा ज्यान गएको हो ।
यस्तै होली खेल्ने क्रममा छतबाट खसेर घाइते भएकी ३८ वर्षीया अन्जु कार्कीको ग्रीन सिटी अस्पताल सामाखुसीमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्