६ फागुन,घोराही- दाङको घोराहीबाट ई–पासपोर्ट सेवा सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय घोराहीबाट आजदेखि ई–पासपोर्टको सेवा सुरु गरिएको हो । जिल्ला प्रसाशन कार्यालय घोराहीका प्रशासकिय अधिकृत अमरराज शर्माले दिएको जानकारी अनुसार पछिल्लो समय सुरु भएको इपासपोर्टको लागि सेवा ग्राहीले आफै अनलाइन फारम भरेर आवेदनको लागि तोकिएको मितिमा कार्यालयमा आउनुपर्ने हुन्छ ।
कार्यालयले व्यक्तिको आवेदन फारम रुजु गर्नुको साथै फोटो र वायोमेट्रिक समेत दिए पछि कार्यालयले इपासपोर्टको फारम स्वीकृत गर्छ । त्यो फारम सोझै वेव प्रणालीबाट राहादान विभागमा पुग्ने र इपासपोर्ट छपाईको काम सुरु हुने उहाँले जानकारी दिनुभयो ।
जिल्ला प्रसासन कार्यालय घोराहीबाट आज पहिलो दिन १२ जनाले इपासपोर्टको सेवा लिएको राहादानी शाखाका नायव सुब्बा भुपेन्द्र सिंह थापाले जानकारी दिनुभएको छ । यस्तै काठमान्डौमा पासपोर्ट बनाउन भन्दै दैनिक १० देखि १५ जनाले सिफारिस समेत लैजाने गरेको उहाँले जानकारी दिनुभएको छ ।।