२०८२ बैशाख १८ गते बुधवार

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ताको मागगर्दै निगमलाई ज्ञापनपत्र



६ फागुन,घोराही ।
पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि फिर्ताको मागगर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन जिल्ला कमिटी दाङले नेपाल आयल निगम लिमिटेड ईन्धन डिपो कार्यालय तुलसीपुरलाई ज्ञापनपत्र बुझाएको छ ।

यूनियनका संयोजक जंग रोका एवं सह–संयोजक रविन्द्र डाँगीद्धारा हस्ताक्षेरित पत्रमा नेपाल आयल निगमले एक सातामै दुईपटक पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरिएको छ।

नेपाल आयल निगमले मंगलबार रातिदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ । यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ पुगेको छ । यस्तै डिजेल ९७ रुपैयाँ, मट्टीतेल ९७ रुपैयाँ र हवाई इनधन ६७ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्