६ फागुन,घोराही ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रलले दाङमा खानेपानीको समस्यालाई छिट्टै समाधान गरिने बताउनुभएको छ । खानेपानी समाधानका लागि हाइड्याम्पको निमार्ण र माडीको पानी दाङमा ल्याएर समस्या समाधान गरिने बताउनुभएको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ को नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले सरकारले उपलब्ध गराउदै आएको औषधी स्थानीय स्वास्थ्य चौकीमा उपलब्ध हुदै आएको वडावासीलाई जानकारी दिनुभएको छ ।
साथै उहाँले प्रदेश सरकारले विकास पूर्वाधारका कामलाई प्राथमिकतामा राखेर काम अगाडी बढाएको बताउनुभयो । मुख्यमन्त्री पोख्रेलले प्रदेश सरकारले गर्ने कृषकहरुलाई तीन वर्षका लागि व्याजमा अनुदान दिने समेत बताउनुभएको छ ।
कृषि खेती पराम्परगत प्रणालीलाई त्यागेर व्यावसायीक खेतीका रुपमा परिर्वतन गर्न कृषकलाई सुझाब दिनुभयो । त्यस्तै राप्ती प्रादेशिक अस्पताललाई सुविधा सम्पन्न बनाउनको लागि गुरुयोजना बनाई यसैवर्षबाट कामलाई अगाडी बढाउने उहाँको भनाइ छ ।।