५ माघ, घोराही – प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेलामा भोली (आईतबार) चर्चित लोक तथा दोहोरी गायिका टिका सानुको बेजोड प्रस्तुति रहने भएको छ । सानुसंगै आज अर्का गायक टेक वि.सी, अमर रोका बिज्ञान, डान्सर चाहान मगर, सुनिता सुनारसहित स्थानीय कलाकारको प्रस्तुति रहने आयोजक संस्था नेपाल मगर संघ घोराही नगर समितिका अध्यक्ष अध्यक्ष बेदबहादुर बुढामगरले जानकारी दिनुभएको छ ।
‘मगर तथा विभिन्न जातजातिको भेषभुषा संरक्षण, कला संस्कार संस्कृति तथा खाना प्रदर्शन प्रवद्र्धन’ भन्ने मुलनाराका साथ दाङको घोराही १४ भिगौंरामा माघ ५ गते शनिबारबाट सुरु भएको होे । माघ ११ गतेसम्म चल्ने प्रदर्शनीमा प्रवेशका लागि सर्वसाधारणलाई प्रतिव्यक्ति एक सय, विद्यार्थी, वृद्ध तथा शारीरिक अपांगता भएकालाई प्रवेशमा केही छुट गरिएका मेला प्रचारप्रसार संयोजक कैलाश घर्ती मगरले जानकारी दिनुभयो ।।