२०८१ मङ्सिर २५ गते मङ्गलवार

वडा अध्यक्ष सार्की द्धारा वेसाहारा बालबालिकालाई सहयोग



४ माघ,घोराही- घोराही उपमहानगरपालिका वडा नं. १९ तिर्साङका बाबुआमा गुमाएका बालबालिकालाई खाद्यान्न लगायतका सामाग्रीहरु सहयोग गरिएको छ । गत फागुन १० गते सप्तश्री कोल उद्योग तामपानीमा रहेको कोइलाखानीमा काम गर्ने क्रममा तिर्साङका मोहनलाल कामीको सुरुङभित्रै कोइलाखानीमा च्यापिएर मृत्यु भएको थियो । कामीको मृत्यु भए पछि आफु सहित पाँचजना छोराछोरीको जिम्मा शान्ति कामीको पोल्टोमा परेको थियो ।

गत मंसिर २८ गते शान्तिको पनि मृत्यु भएपछि परिवारको विचल्ली भएको थियो । कामीका ६ र १३ वर्षका दुईभाई छोरा, १ वर्ष र ११ वर्षकी दुई छोरी रहेका छन । बुवाआमा गुमाएका बालबालिकाको पालनपोषण अहिले अंकल अन्टीले गर्दै आएका छन । उनीहरुलाई खान लगाउनलाई समस्या नहोस भनेर घोराही उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्ष भिम बहादुर सार्कीले खाद्यान्न सहित ओड्ने कपडा सहयोग गर्नुभएको छ ।

उहाँले एक कुन्टल चामल, चारवटा कम्बल, नुन, तेल, दाल सहयोग गर्नुभएको हो । साथै उहाँले दुई छोरा र दुई छोरीको पालनपोषण र पढाई खर्चको जिम्मा आफुले लिने बताउनुभएको छ । अहिले नानीबाबुका अंकल घरमा हुनुहुन्न वडा अध्यक्ष कामीले भन्नुभयो–‘घर आए पछि छलफल गरेर आफ्नै घरमा लगेर पालनपोषण र पढाईको जिम्मा म आफै लिन्छु । आफु रहुन्जेल बेसाहारा बन्न दिने छैन ।’

प्रकाशित मिति : २०७८ माघ ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्