२०८१ माघ ४ गते शुक्रवार

घोराहीमा खाँम भाषा तालिमको समापन



४ माघ,घोराही –
घोराही उपमहानगरपालिका वडा नं.१४ ले आयोजना गरेको ७ दिने खाँमभाषाको तालिम समापन गरिएको छ । मगर समुदायको परम्परागत भाषाका रुपमा रहेका यो भाषा सिकाउँन तालिम आयोजना गरिएको थियो । मगर समुदायको खाँम भाषा लोप हुने अबस्थामा रहेकोले यसको संरक्षण र प्रर्वधन गर्न तालिम आयोजना गरिएको वडा अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिनुभयो ।

तालिम समापन गर्दै वडा अध्यक्ष डाँगीले खाँम भाषा सिङ्गो मगर जातिको पहिचान भएको बताउँदै यसको संरक्षण गर्नु स्थानिय निकायको दायित्व हुने उल्लेख गर्नुभयो । तालिम समापनमाका अबसरमा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका सदस्य हरिमान पुन (बरुण) नेपाल मगरमुक्ती मोर्चाका पूर्व उपाध्यक्ष भिमकुमारी बुढा,कल्पर्धशालाका सचिव बसन्त गुप्ता लगाएतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

तालिममा मगर,दलित,मुस्लिम र मधेशी समुदायका करिब २० जना प्रतिनिधीहरुको सहभागिता रहेको थियो । नेपाल मगर महिला सेवा समितिका अध्यक्ष बईनशरी पुनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन दीलकुमारी बुढाले गर्नु भएको थियो ।।

प्रकाशित मिति : २०७८ माघ ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्