२०८१ माघ १२ गते शनिवार

वैशाखमा स्थानीय तहको चुनाव गर्ने सहमति



४ माघ,घोराही –
सत्ता गठबन्धन दलहरुले आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने सहमति गरेका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा वैशाखमा स्थानीय तहको चुनाव गर्ने सहमति भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेद्रबहादुर कार्कीले जानकारी दिनुुभयो ।

तोकिएकै समयमा स्थानीय निर्वाचनका लागि दलहरू सहमत भएको र मिति तय गर्नेलगायतका विषयमा पर्सि बस्ने बैठकमा छलफल हुने उहाँको भनाई छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, समितिका संयोजक रामचन्द्र पौडेल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायतको उपस्थिती रहेको थियो ।

स्थानीय तहको निर्वाचन ऐन २०७३ बमोजिम तीन चरणमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको अवधि क्रमशः २०७९ जेठ ७, असार २१ र असोज ७ गते ५ बर्षे कार्यकाल सकिँदैछ ।।

प्रकाशित मिति : २०७८ माघ ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्