२०८१ माघ १२ गते शनिवार

चालु आर्थिक वर्षमा दाङमा १५ वटा झोलुंगे पुल निर्माण हुदै



४ माघ,घोराही –
दाङको घोराही ३ मसोट खोला स्थित वर्सेवा घाटमा निर्माण भएको झोलुंगे पुलको उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले पुलको उद्घाटन गर्नुभएको हो । २४ लाख ६७ हजार २ सय ९६ रुपैयाको लागतमा बनेको उक्त पुलबाट ३ सय २५ घरधुरीका १ हजार ६ सय २५ जना लाभान्वित भएका छन् ।

सिमलतारा, बेसारबारी, रागुतारा, जुरपानी, सार्किताराका स्थानियबासी झोलुङ्गे पुल बन्दा खुशी भएका छन् । सेवा प्रतिष्ठान नेपाल केन्द्रिय कार्यालय दाङका प्राविधिक दिपेश गौतमले चालु आर्थिक वर्षमा जिल्लाका १० स्थानीय तहमा १५ वटा झोलुंगे पुल निर्माण कार्य भइरहेको जानकारी दिनुभयो । स्थानीय सरकार, दातृ निकाय तथा सेवा प्रतिष्ठान नेपालको साझेदारीमा झोलुंगे पुल निर्माण भैरहेको उहाँको भनाई छ ।

राप्ती, दंगिशरण र शान्तिनगरमा एक÷एक वटा गढवा, राजपुर, बङ्गलाचुली, लमही, र तुलसीपुरमा २÷२ वटा झोलुंगे पुल निर्माण भैरहेका छन् । प्रतिष्ठानले दाङ लगायत पहाडी जिल्ला पश्चिम रुकुम, पूर्व रुकुम, रोल्पा, प्युठानमा सयौँको सङ्ख्यामा झोलुंगे पुल निर्माण गरिसकेको जनाएको छ ।।

प्रकाशित मिति : २०७८ माघ ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्