२०८२ बैशाख ९ गते सोमवार

सुडानमा सशस्त्र मिलिशियाको आक्रमणमा परि ८३ जनाको मृत्यु



५ माघ । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाको आक्रमणमा परि ८३ जनाको मृत्यु भएको छ । गत शनिबारदेखि जारी आक्रमणमा सुरक्षाकर्मीसहित १ सय ६० घाईते भएका छन् । घाईतेहरुको उद्धार र उपचारमा कठीनाई भएको भन्दै थप सुरक्षाकर्मी र स्वास्थ्यकर्मी पठाउन उपचारमा संलग्नहरुले आह्वान गरेका छन् ।आक्रमणमा थुप्रै भवन तथा सवारीसाधनमा समेत क्षति पुगेको बताइएको छ । स्थानीय प्रशासनले निषेधाज्ञा आदेश जारी गरेको जनाएको छ ।

सुडानमा सन् २००३ देखि जारी द्वन्दका कारण तीन लाख भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने लाखौं विस्थापित भएका छन् ।

प्रकाशित मिति : २०७७ माघ ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस्