०५ माघ, दाङ । गढवा गाउँपालिका सवैभन्दा बढि हात्तिपाईले रोग संक्रमणको उच्च जोखिममा रहेको एक तथ्याङकले देखाएको छ ।दाङ जिल्लामा विगत दश वर्षदेखी निरन्तर रुपमा हात्तिपाईले रोग विरुद्धको औषधी सेवन कार्यक्रम सन्चालन गरेता पनि रोगको संक्रमण दरमा कमी आउन नसकेको पाईएको छ ।
स्वास्थ्य कार्यालय दाङका अनुसार पछिल्नो पटक गरिएको नुमना संकलनमा हात्तिपाईले रोगको संक्रमणदर ६ प्रतिशत भन्दा बढि भएको पाईएको छ। जिल्लाका आठ ठाउँमा २ हजार ५ सय ४२ जनामा गरिएको परिक्षणमा ६ दशमलव २२ प्रतिशत अर्थात १५८ जनामा संक्रमणको लक्षण देखा परेको तथ्याङकमा उल्लेख छ ।
घोराही, तुलसीपुर, लमही,गढवा, राप्ती, राजपुर गाउँपालिकाका विभिन्न स्थानमा गरिएको परिक्षणमा सवैभन्दा धेरै गढवामा संक्रमणको दर उच्च भएके पाईएको छ । गढवामा ३३० जनामा गरिएको परिक्षणमा ६२ जनामा संक्रमण देखा परेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।