२ पुस,घोराही-घोराही–तुलसीपुर फोरलेन सडक निर्माणको काम जिम्मा लिएकाहरुले फेरी कामको भाका सारेका छन् । यस अघि झण्डै एक महिना पहिले कार्य सुभारम्भ भन्दै तामझाम गरेको निर्माण कम्पनीले त्यतिबेला एक सातामा ४ हजार कामदार सडकमा देखिने बताएको थियो ।
तर अहिले सम्म कामको प्रगति देखाएका छैन् । आज जिल्ला प्रशासन कार्यालयले निर्माण व्यवसायीहरुलाई बोलाएर कामको प्रगति किन भएन भनेर प्रश्न गरेको छ ।
त्यसको जवाफमा ठेकेदार कम्पनीका प्रतिनिधी विजय पाठकले पहिलेको पेटी ठेकेदारसँगको कागजी प्रकृया मिलाउँदा तथा भौतिक प्रगति अघि बढाउन अपनाउनु पर्ने कानूनी र प्राविधिक प्रकृयामा ढिलाई हुँदा पुसको दोश्रो साताबाट काम शुरु हुने जानकारी दिनुभयो ।
पाठकले कामको जिम्मा लिएको पहिलो ठेकेदारको लापरवाहीका कारण कागजी र कानूनी प्रकया मिलाउँदा काम गर्न ढिलाई भएको जानकारी गराउँदै प्रहरी प्रशासन र सडकको इन्जिनियरिङ गरेको कन्सल्टेन्सीले कागजात उपलब्ध गराएसँगै कामको प्रकृया अघि बढेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सहजीकरण गर्नुभएको कार्यक्रममा अहिले भौतिक प्रगति नदेखिँदा सबैलाई काम किन भएन भनेर जिज्ञासा हुनु स्वाभाविक भएको बताउँदै उहाँले यस अघि काम गर्छु भनेर जिम्मा लिएको निर्माण पक्षले चरम लापरवाही गरिदिँदा सबैलाई दुख भएको उल्लेख गर्नुभयो ।।