२ पुस, दाङ –घोराहि १७ भैसाहीको साबिक हरिद्वार ९’ग’ ८१ नम्बर कित्तामा पर्ने चौघेरा, भैसाही, बर्गद्दी र ओखरा ४ गाऊँ सिंचाई गर्ने सार्बजनिक कुलो मासेर जग्गा ब्यबसायिले घडेरि बनाउन थालेको उजुरि परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । घोराही उपमहानगरपालीकाका प्रशासनतर्फका उपसचिब बासुदेब आचार्यले अख्तियारले कार्यालयमा परेको उजुरी अनुसार कारबाही गर्न घोराही उप महानगरपालिकालाई निर्देशन दिए लगत्तै उपमहानगर कडारुपमा प्रस्तुत भएको छ ।
उपमहानगरले तत्काल घोराही १७ को वडा कार्यालय र कुलो समितिका अध्यक्ष उमानन्द खनाललाई पत्राचार गर्दै ७ दिन भित्र कुलो मास्ने उदेश्यले होमपाइप हालि माथीबाट माटाे हालेर बनाएको सडक तत्काल रोक्न र होमपाईप निकालेर फाल्न लिखितरुपमा पत्राचार गरेको छ । उप सचिब आचार्यले होम पाईप निकाल्न पत्राचार भइसकेको र ७ दिन भित्र कानुन बिपरित हालीएको होमपाईप ननिकाले उपमहानगरले आफै स्काभेटर लगाएर फाल्ने बताउनु भयो । ` सार्बजनिक कुलो मासेर सडक बनाएको बारेमा अख्तियारमा ३ वटा उजुरि परेको रहेछ, अख्तियारले उपमहानगरलाई पत्र पठाएर उजुरी अनुसार कारबाही गर्न निर्देशन दिएको थियो- आचार्यले भन्नु भयो-अख्तियारले कारबाही गर्न भनेपछि उपमहानगरले प्राबिधिक/इन्जिनीयरसहितको टाेलि लगेर स्थलगत निरीक्षण पनि गर्यौ, त्यहा कुलो मासि होमपाईप हालि त्यसमाथी माटाे हालेर सडक बनाईएको रहेछ, सार्बजनिक सम्पत्तिको संरक्षण गर्ने मन्त्रीपरिषदले नै निर्णय गरिसकेको कुरा हो, यसमा स्थानिय तह, स्वायत्त शासन एेनमा पनि संरक्षण गर्नुपर्ने स्पष्ट उल्लेख छ, प्राकृतिक बहाब कुलाको पानीको क्षेत्र नै रोक्ने गरि सार्बजनिक जग्गा मास्न खोज्नु गलत र कानुन बिपरित कुरा भएकाले यसमा अख्तियारले कारबाही गर्न पनि निर्देशन भइसकेकाले ७ दिन भित्र होमपाईप हटाउन उपमहानगरले भनिसकेको छ, यदि अटेर गरे हामी आफै अघि बढेर फाल्छौ, तत्काल होमपाईप फाले/ नफालेको बिषयमा अनुगमन गर्न पनि वडा कार्यालयलाई निर्देशन दिएका छौ, यो बारा हामीलाई वडाले पनि प्रतिबेदन पठाउछ नै ! यसअघि प्रहरीमा पनि उजुरि परेपछि स्थलगत नै पुगेर जिल्ला प्रहरी कार्यालय दाङले काम रोक्न निर्देशन दिएको थियो । प्रहरीको निर्देशनपछि काम सबै ठप्प भएको थियो । जिल्ला प्रहरी कार्यालय दाङका एसपि सुरेश प्रसाद काफ्लेले सार्बजनिक कुलो मासेर घडेरि बनाउने कार्य तुरुन्त रोक्न प्रहरी पठाएर निर्देशन दिएपछि सबै काम रोकिएको थियो । प्रहरीले फिल्डमा गएर काम रोकेपछि उपमहानगरलाई दबाब परेको थियो ।