२०८१ चैत्र १३ गते बुधवार

तुलसीपुरमा पहिलो चरणमा ३२७ जनाले रोजगार पाउने



२ पुस ।
तुलसीपुरमा पहिलो चरणमा ३ सय बढीले रोजगार पाउने भएका छन् । उपमहानगरपालिकामा बेरोजगारमा सूचिकृत भएका २ हजार दुई सय ८१ जना मध्य ३ सय २७ जनाले पहिलो चरणमा एक सय दिनको रोजगारी पाउने भएका हुन् ।

रोजगारीका लागि रुपान्तरण पहल आयोजनाबाट एक सय जनालाई रोजगारी दिन ५१ लाख ९२ हजार बजेट विनियोजन गरिएको छ । त्यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत २२७ जनााई एक करोड, १७ लाख ३६ हजार बजेट विनियोजन गरिएको तुलसीपुर उपमहानगरपालिका अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक किरण गौतमले जानकारी दिनुभयो ।

रोजगारमा लाग्नेलाई दैनिक ५ सय १७ रुपैयाँ ज्याला दिइने छ । पहिलो चरणमा रोजगार पाउनेमा तुलसीपुर उपमहानगरपालिका–१ नम्बर वडाबाट १६, २ बाट १३, ३ बाट २९, ४ बाट १०, ५ बाट ६, ६ बाट १८, ७ बाट ११, १०बाट १४, ११ बाट ४५ जना रहेका छन् ।

यस्तै १२ बाट ११, १३ बाट १०३, १४बाट १, १५ बाट १० , १६ बाट ४, १७ बाट ७ ,१८ बाट ७ र १९ नम्बर वडाबाट २२ जना रहेका छन् । वडा नम्बर ८ र ९ भने रोजगारीको सूचिमा सुन्यमा परेको छ ।।

प्रकाशित मिति : २०७७ पुष २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्