२ पुस ।
प्युठानमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आउने भएको छ । जलबायु परिवर्तन तथा विभिन्न कारणले तराईका विषालु सर्पहरु पहाड तर्फ आउने गरेको भन्दै जिल्लामा सतर्कता सहित केन्द्र सञ्चालनमा ल्याउने तयारी थालिएको हो ।
केन्द्र सञ्चालनका लागि सवै पालिका तथा सरोकारवालाहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । साउन यता प्यूठानमा सर्पको टोकाईबाट तीन जनाको ज्यान गएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो ।
केन्द्र सञ्चालनका लागि लामाचौरका स्थानीयले ५ आना जग्गा निःशुल्क स्वर्गद्धारी नगरपालिकालाई हस्तान्तरण गरेका छन । नेपाली सेनाले केन्द्र स्थापनाका लागि भवनको लागत स्टिमेट तयार गरेको छ ।
केन्द्र सञ्चालनको सवै व्यवस्थापन नेपाली सेनाले नै गर्ने पमुख जिल्ला अधिकारी भुसालले जानकारी दिनुभयो । सर्पले टोक्दा स्थानीय अहिले पनि उपचारका लागि भन्दा धाँमीझाँक्रिकोमा जाने प्रचलन कायमै रहेको जनाइएको छ ।।