२०८१ माघ २६ गते शनिवार

महालक्ष्मी बैंकमा सीआईबीको छानबिन, ३ जना पक्राउ



२ पुस । ललितपुरमा रहेको महालक्ष्मी विकास बैंकमा अनियमिततामा भएको पाइएपछि केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले छानबिन सुरु गरेको छ । बैंकको कर्जा प्रवाहमा ठूलो हिनामिना गरेको उजुरीका आधारमा सीआईबीले छानबिन सुरु गरेको हो ।
कमसल धितोमा धेरै कर्जा प्रवाह भएको खुलेपछि छानबिन सुरु गरिएको सीआईबीका एक अधिकारीका बताए ।
उनका अनुसार सुन धितो राखेर १२ करोड कर्जा प्रवाह गरिएको र सोही रकममा अनियमितता भएको पाइएको छ । सीआईबी स्रोतका अनुसार कमसल धितोमा कर्जा लिने तीनजना पक्राउ परेका छन् । अनुसन्धानका क्रममा बैंकमा कार्यरत कर्मचारीसमेत तानिने सम्भावना रहेको सीआईबीका एक उच्च अधिकारीले बताए ।
उनले भने, “१२ करोडको कुरा आएको छ । कमसल धितोमा कर्जा प्रवाह भएको छ । यसमा बैंककै जिम्मेवार व्यक्तिको मिलेमतो पाइएको छ । बैंकका केही व्यक्तिलाई पनि अनुसन्धानको दायरामा ल्याउँदै छौं ।”

प्रकाशित मिति : २०७७ पुष २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्