१ मंसिर,काठमाडौं- नेपालमा पहिलो पटक ‘नेपाल मिडिया अवार्ड–२०७८’ हुने भएको छ। ड्रिम हाई नेपालले पुस २३ गते मिडिया क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘मिडिया अवार्ड’ आयोजना गर्न लागेको हो ।
यसअघि मंसिरमा गर्ने तयारी भएको अवार्ड पुससम्मका लागि सरेको हो। आयोजकका अनुसार ‘सेलिब्रेटिङ विथ चेञ्ज मेकर्स’ थिममा आयोजना हुन लागेको अवार्ड नेपालमा सञ्चालनमा रहेका रेडियो, टेलिभिजन, युट्युब, प्रिन्ट तथा अनलाइन मिडियाका विविध विधालाई समेटेर प्रदान गरिनेछ ।
मनोनयनमा परेका कार्यक्रम, प्रस्तोता तथा समाचारलाई मिडिया क्षेत्रका विज्ञको निर्णायक टोलीले मूल्यांकन गरी विजेताको घोषणा गरिने आयोजक संस्थाले जनाएको छ।