२०८१ माघ ४ गते शुक्रवार

आज दाङका ६ जनामा कोरोना पुष्टि



१ मंसिर,घोराही –
दाङमा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १५ जनाको पिसिआर परिक्षणबाट ३ जना र विभिन्न स्थानिय तहमा १३ जनाको एन्टिजेन परिक्षणबाट ३ जना गरि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा महिला र पुरुष ३/३ जना रहेका छन् । जसमा राप्तीका ५ जना र घोराहीका एक रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

यसैविच आज घोराहीका एक पुरुष कोरोना संक्रमण मुक्त हुनुुभएको छ । अहिले दाङमा कोरोनाका सकृय बिरामीको संख्या ३८ रहेकोे छ । उनिहरु मध्य ३ जना आईसियूमा, १ जना अक्सिजन सहितको उपचारमा रहेका छन् भने ३४ जना घरमै रहेको केन्द्रले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ मङ्सिर १ गते बुधवार
प्रतिक्रिया दिनुहोस्