२०८१ मङ्सिर २४ गते सोमवार

तुलसिपुरका १२ वटा स्थान पर्यटकीय क्षेत्रमा सूचीकृत




१ मंसिर,घोराही –
तुलसिपुर उपमहानगरपालिकाले विभिन्न १२ वटा स्थानलाई पर्यटकीय क्षेत्रको रुपमा सूचीकृत गरेको छ । कार्यपालिका बैठकले उपमहानगर भित्रका ऐतिहासिक, धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा सूचीकरण गरेको हो ।

उपमहानगरपालिकाले वडा नम्बर ३ मा रहेको थर्कोट र भैरव गुफा, ओम नरसिंह भैरव सामुदायिक होमस्टे, वडा नम्बर ४ को चमेरे गुफा र चमेरे गुफा सामुदायिक होमस्टे, वडा नम्बर ५ को नमुना भुयाँर थान र नमोबुद्ध गुम्बा, वडा नम्बर ६ को त्रिसिद्धेश्वरी मन्दिर, वडा नम्बर ७ को राप्ती शान्ति उद्यान पार्क र होमस्टेलाई पर्यटकीय क्षेत्रका रुपमा सूचीकृत गरेको छ ।

यस्तै वडा नम्बर ८ को राधाकृष्ण मन्दिर र बटौलपुर सामुदायिक होमस्टे, वडा नम्बर १० को गौरीगाउँ ताल, वडा नम्बर ११ को सुकौराकोट, वडा नम्बर १२ को शितलपुर धाम, वडा नम्बर १८ को शिवालय मन्दिर, खेलकुद रंगशाला सँगै नेपाल संस्कृत विश्वविद्यालय र वडा नम्बर १९ को छिल्लीकोट कालिका मालिका मन्दिरलाई सूचीकृत गरेको पर्यटन तथा संस्कृति प्रर्वद्धन शाखाले जनाएको छ । यी क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने काम भैरहेको उपमहानगरले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ मङ्सिर १ गते बुधवार
प्रतिक्रिया दिनुहोस्