२०८१ माघ १२ गते शनिवार

एक हप्ताभित्र फोरलेन सडकको कामले गतिलिन्छ – प्रजिअ रेग्मी




१ मंसीर,घोराही –
दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले घोराही तुलसीपुर फोरलेन सडक निर्माणको कामले एकहप्ताभित्र गतिलिने बताउनु भएको छ । तत्काल सडक निर्माणको कामलाई सुचारु गराउनका लागि ध्यानाकर्षण गराउन गएको तुलसीपुर चेम्बर अफ कमर्सको टोलिसंग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी रेग्मीले यस्तो बताउनु भएको हो ।

ठेकेदार सम्पर्कमा नआए खोजेर थुन्ने तयारी गरिरहे बेला घोराही तुलसीपुर फोरलेन सडक निर्माणको जिम्मा लिएका व्यक्ती सम्पर्कमा आएर एकहप्ताभित्र काम गर्छु भनेको उहाँको भनाई छ

सडक निर्मणका लागि ढुङ्गा, बालुवा, गिट्टीका लागि जस्तोसुकै सहयोग गर्न पनि आफु तयार रहेको बताउँदै प्रमुख जिल्ला अधिकारीको रेग्मीले अब बाहना गर्न नदिने बताउनुभयो ।।

प्रकाशित मिति : २०७८ मङ्सिर १ गते बुधवार
प्रतिक्रिया दिनुहोस्