१ मंसिर,घोराही-
दैनिक उपभोग्य वस्तुको मुल्य आकासिदै गएको छ । खाने तेल, चामल, दाल, तरकारी लगातका दैनिक उपभोग्य वस्तुको मुल्य आकासिएको छ । महंगी आकासिदै जाँदा गरिखाने वर्गलाई दैनिकी चलाउनै मुस्कील पर्ने गरेको छ ।
बजारमा अहिले तेलको प्रतिलिटर २ सय ८० देखि ३ सय ५० रुपैँयासम्म पुगेको छ । ६ महिना अघि २५ केजीलाई १ हजार ३ सय पर्ने चामलको मूल्य १ हजार ७ सय सम्म पुगको छ भने तरकारीको मूल्य पनि आकासिएको छ । बजारमा अहिले एक केजी टमाटरको मूल्य १३० सम्म पुगको छ ।
यस्तै सिमी काउली, बन्दागोपीको मूल्य बढेको छ । यस्तै सरकारले पछिल्लो समय खाना पकाउने ग्याँसको मूल्य प्रति सिलीन्डर ७५ रुपैँयाले बढाएर १ हजार ५७४ रुपैँया पु¥याएको छ । डिजेल, पेट्रोल र मट्टितेलको मूल्य पनि बढ्दा उपभोक्ता मारमा परेको उपभोक्ता अधिकारकर्मी नविनकुमार पोखरेलले बताउनुभयो ।।