१ मंसिर,घोराही-
युवा तथा साना व्यवसायी स्वरोजगार कोष कार्यक्रम नेपालको ७७ वटै जिल्लामा विस्तार गरिएको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको बैठकले मनाङ र मुस्ताङ जिल्लामा समेत कोष बिस्तार गर्ने निर्णय गरेसँगै उक्त कार्यक्रम ७७ जिल्लाभर लागू हुने भएको हो ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले देशभरका युवालाई स्वरोजगार बनाउने उद्देश्यले थप दुई जिल्लामा समेत उक्त कार्यक्रम लागु गर्न निर्देशन दिनुभयो । नेपाल सरकारबाट बि.सं. २०६५ सालमा स्थापना भएको कोषले युवाहरूलाई सहुलियत दरमा कर्जा प्रवाह गर्दै आइरहेको छ ।।
प्रकाशित मिति : २०७८ मङ्सिर १ गते बुधवार