कात्तिक १, दाङ । दाङमा पछिल्लो समय थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिबर क्लिनिकबाट लिइएको स्वाव परिक्षण गर्दा घोराही उपमहानगरपालिकाका १४ जना, तुलसीपुर उपमहानगरपालिकाका ९ जना, लमही नगरपालिकाका ४ जना, राप्ती गाउँपालिका र दंगीशरण गाउँपालिकामा एकरएक जना गरी २९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले जानकारी दिनुभएको छ ।
योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ३६ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५४७ छ भने कोरोनालाई जितेर घर फर्कनेको संख्या १ हजार एक सय ८७ जना रहेको छ । हाल जिल्लामा होम आइसोलेसनमा ४८५ जना छन्, भने संस्थागत आइसोलेसनमा ६२ जना रहेका छन् । त्यस्तै क्वारेन्टाइनमा ४४ जना रहेका छन् ।