१ कात्तिक । घोराहीमा रहेको टि–मार्टले आफ्नो शाखा उद्घाटन गरेको छ । विजया दशमीको पहिलो दिन घटस्थापनाको अवसर पारेर घोराही १४ लखनपार्क(पुरानो घोराही हस्पीटलको घरमा) आफ्नो शाखा खोलेको हो ।
विगत दुई वर्ष अगाडि टीकाराम रावत र पूर्णबहादुर रोका मगरले संयुक्त लगानीमा सञ्चालन गर्नुभएको टि मार्टले छोटो समयमा नै अर्काे शाखा खोल्न सफल भएको हो । टि–मार्ट लखनपार्क शाखाका सञ्चालक तिला पुनको अध्यक्षता तथा दाङका प्रमुख जिल्ला अधिकारी जयनारायाण आचार्यको प्रमुख आतिथ्यता एवम् दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दको विशिष्ठ आतिथ्यतामा शाखाको उद्घाटन गरिएको हो ।कलशमा दियो बालेर तथा रिवन काटेर प्रमुख जिल्ला अधिकारी आचार्यले शाखाको उद्घाटन गर्नुभएको हो ।
उक्त कार्यक्रममा बोल्दै प्रमुखअतिथी आचार्यले मानिसको दैनिकीमा आवश्यक पर्ने सम्पुर्ण सामान वा सेवा प्रदान गर्ने भावनाका साथ सञ्चालमा आएको टि मार्टले शाखा विस्तार गर्नु प्रसंशनिय भएको बताउनु भयो । देशका संक्रिय र सक्षम जनशक्ति युवाहरु ब्यवसायमा लाग्नुले राष्ट्रको अर्थिक विकासमा टेवा पुराउने समेत उहाँले बताउनु भयो । सरकार र राज्यको तर्फबाट गर्नुपर्ने साथ सहयोग गर्न तयार रहेको समेत बताउनु भयो । साथै वडादशैं तथा शुभदिपावलीको सबैलाई शुभकामना दिनुभएको हो ।
उक्त उद्घाटन कार्यक्रममा गत तिजको अवसरमा अनलाईनको माध्यमबाट संचालन गरेको फोटो प्रतियोगीताको पुरस्कार वितरण गरिएको छ । । जसमा प्रथममा सरु ओली,द्धितीयमा सोभा आले र तृतियमा करिणा डाँगी रहनुभएको थियो ।
दुई तलाको भवनबाट सञ्चालनमा आएको टिमार्ट शाखामा दैनिक उपभोग्य बस्तु खाद्यान्न, घरेलु प्रयोजनका सम्पूर्ण सामान, घरायसी, सौन्दर्य सामग्री, शैक्षिक साम्रगी, मोवाईलका एशोसीरिजहरु लगाएतका सम्राग्रीहरु सुपथ र गुणस्तरिय मुल्यमा उपलब्ध गराईनुका साथै अहिले करिव १७/१८ जना युवाले रोजगार प्राप्त गरिरहेका छन ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै टि–मार्ट लखनपार्क शाखाका घरधनी तथा समाजसेवी नरेन्द्र पुनले नेपालीहरुको महान् पर्व दशैको अवशरमा विशेष अफरहरु रहेको भन्दै मार्टबाट सुपथ मुल्यमा गुणस्तरिय साम्राग्री प्रदान गरिने जानकारी दिनुभयो । कार्यक्रमको सहजिकरण सञ्चारकर्मी नविन अभिलाषीले गर्नु भएको थियो ।