१ असोज, घोराही –
नेकपा एकीकृत समाजवादीले केन्द्रीय कार्यालय औपचारिक रुपमा स्थापना गरेको छ । पार्टी अध्यक्ष माधव कुमार नेपालले आज मिनभवनमा पार्टी कार्यालयको उदघाटन गर्नुभयो ।
मासिक तीन लाख २५ हजार रुपैयाँ तिर्ने गरी घर भाडामा लिएर पार्टी कार्यालय सन्चालन गरिएको नेकपा एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
यसैविच नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनु भएको छ । केन्द्रीय कार्यालयको उद्घाटन गर्दै उहाँले एक हप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गर्नु भएको हो ।
नेता नेपालले कुनै पद पाउनका लागि आफूले छुट्टै पार्टी गठन गरेको नभइ देश र नागरिकको हितका लागि गठन गरेको पनि दाबी गर्नुभयो । यस्तै, उहाँले आफ्नो पार्टीले गफ गरेर नभइ काम गरेर देखाउने पनि दाबी गर्नुभयो ।।