२०८२ बैशाख १० गते मङ्गलवार

आज लुम्बिनी सहित पाँच प्रदेशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने



१ असोज, काठमाडौं-
अहिले काठमाण्डौ उपत्यकामा हल्का पानी परिरहेको छ । आज बेलुकासम्म नै काठमाण्डौ उपत्यकामा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा र बाँकी प्रदेशको केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

राति पनि देशभरको मौसम बद्ली भइ केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । भोलि बेलुकासम्म देशभरको मौसम बदली भइ सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । भोलि रातिदेखि भने देशभरको मौसम सुधार हुँदै जाने उहाँले बताउनुभयो ।।

प्रकाशित मिति : २०७८ असोज १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्