१ भदौ,घोराही –
नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिनाभन्दा बढी भइसक्दा समेत सल्यानमा वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन हुन सकेको छैन । इन्टरनेटको सुविधा नहुँदा ग्रामीण भेकका विद्यालयमा वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन हुन नसकेको हो ।
सदरमुकाम रहेको शारदा नगरपालिकाका केही विद्यालयले वैकल्पिक विधिबाट पठनपाठन गराएको भएपनि सदरमुकामकै अधिकांश विद्यालय बन्द रहेका छन् । लामो समयदेखि विद्यालय बन्द हुँदा जिल्लाका ५०० विद्यालयका झन्डै ६० हजार विद्यार्थी पढाइबाट बञ्चित भएका छन् ।
विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने, टेलिभिजनमा पहुँच हुनेलाई टेलिभिजन कार्यक्रम, रेडियो कार्यक्रम र इन्टनेटको माध्यमबाट कक्षा सञ्चालन गर्ने नेपाल सरकारको निर्णय कार्यान्वयन नहुँदा कागजमै सीमित भएको छ ।।