२०८१ माघ ५ गते शनिवार

दाङमा वन क्षेत्र अतिक्रमण गरि बनाइएको पक्की घर भत्काइयो



 

१ भदौ, घोराही –
डिभिजन वन कार्यालय दाङले एक वर्षको अबधीमा झण्डै १५ हेक्टर अतिक्रमित वन क्षेत्र खाली गरि वृक्षारोपण गरेको छ ।

अतिक्रमित एक सय हेक्टर वन क्षत्रमध्ये झण्डै १५ हेक्टर वन क्षेत्र खाली गराएर बोटबिरुवा लगाइएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । घोराही उपमहानगरपालिकाको एक, बबई गाउँपालिकाको तीन र शान्तिनगर गाउँपालिकाको एक गरि ५ ठाउँमा गरिएको अतिक्रमण खाली बनाइएको छ ।

वन क्षेत्र अतिक्रमण गरि पक्की घरसमेत बनेका ठाउँमा भत्काएर खाली गराइएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो ।

वन क्षेत्र कब्जा गरि प्लटिङ गरेर संरचना बनाइएको जानकारी पछि ती क्षेत्र खाली गराइ तारबार सहित वृक्षारोपण गरिएको सूचना अधिकारी केसीले जानकारी दिनुभएको छ ।।

प्रकाशित मिति : २०७८ भाद्र १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्