२०८१ फाल्गुन ४ गते आइतवार

कमैया मुक्तिको २२ बर्ष पुरा, मुक्त कमैयाहरुको गुनासै गुनासो



२ साउन, घोराही – 
मुक्तिको २२ बर्ष पुरा भएपनि सरकारले आफुहरुको आधारभूत आबस्यकता समेत पुरा गर्न नसेकको मुक्त कमैयाहरुले गुनासो गरेका छन् । २२ औँ मुक्त कमैया दिवसका अबसरमा आज घोराहीमा आयोजित कार्यक्रममा उनिहरुले आफुहरु अहिले अलपत्रको अबस्थामा रहेको गुनासो गरेका हुन् ।

दाङमा ३ हजार ८ सय ६२ जना मुक्त कमैया रहेकोमा २ हजार ४ सय ३६ जनाको लगत छुट रहेको र ति मध्य १ हजार ४ सय २६ जनाले मात्रै परिचय पत्र पाएको उल्लेख गरेका छन् । ति मध्य ६ सय ८८ जनाले जग्गाधनी लालपूर्जा पाएको तर ऋणका लागि बैंकमा धितो राख्न नमिल्ने अबस्थामा रहेको मुक्त कमैया समाजका अध्यक्ष हरीचन्द्र चौधरीले जानकारी दिनुभयो ।

दिवसमा अबसरमा संघ, प्रदेश र स्थानिय तहका जनप्रतिनिधीहरुलाई राखेर उनिहरुले तत्काल छुट मुक्त कमैयाहरुको लगत लिएर परिचय पत्रको माग गरेका छन् ।

पुर्नस्थापन नभएकाहरुलाई तत्काल जग्गा दिई घर निर्माणका लागि काठउपलब्ध गराउन, एक मुक्त कमैया एक रोजगारको सृजना गर्न, परिचय पत्रको आधारमा बालबालिकालाई उच्च शिक्षा सम्म निशुल्क पढाउने व्यवस्था गर्न, निशुल्क औषधी उपचार गर्न, स्वच्छ खानेपानीको व्यवस्था गर्न उनिहरुले माग गरेका छन् ।

कार्यक्रममा प्रतिनिधीसभा सदस्य मेटमणि चौधरी, प्रदेशसभा सदस्य रेवतीरमण शर्मा, घोराही उपमहानगरपालिका १७ का अध्यक्ष खुशीराम चौधरीले सरकारले मुक्त कमैयाको समस्या समाधान छिट्टै गर्ने बताउनुभयो । जमिन नभएकाहरुलाई जमिन उपलब्ध गराउने र सम्पत्तीको मालिक बनाउन देशैभर कार्यक्रम सञ्चालन रहेको उहाँहरुको भनाई छ ।।

प्रकाशित मिति : २०७८ साउन २ गते शनिवार
प्रतिक्रिया दिनुहोस्