२ साउन, घोराही – घोराही उपमहानगरपालिका वडा नं १९ मा रहेको साविक सैघा हरेक दृष्टिकोणले पछाडि परेको वडा हो । घोराहीको विकट वडाको रुपमा रहेको साविकको सैघा विकास निकासको मामिलामा पनि पछाडि परेको छ । भौगोलिक विकटताका कारणले पनि यहाँको विकास हुन सकेको छैन् । साविक सैघालाई उपमहानगरपालिकामा गभाइए पनि साविक सैघाका वासिन्दाहरु भने उपमहानगरको अनुभुति गर्न पाएका छैनन् । गाउँमा कोहीँ बिरामी प¥यो भने पनि स्वास्थ्य चौकीसम्म पु¥याउन करिव ४ घण्टाको बाटो हिड्नु पर्ने हुन्छ । स्वास्थ्य चौकीमा पु¥याइसकेपछि अलि जटिल खालको बिरामीलाई उपचार हुन नसक्दा सदरमुकामसम्म बिरामी लैजानको लागि स्वास्थ्य चौकीमा एम्बुलेन्स पनि छैन् । सधैँ बिरामी भएमा झोलुङ्गामा हालेर लग्नु पर्ने बाध्यता छ । ४–५ घण्टाको बाटोमा बिरामीलाई झलुङ्गामा बोक्दा बिरामीलाई पनि समस्या र बोक्नेलाई पनि समस्या हुन्छ ।
वडा कार्यालयले भने यस वर्ष गाउँबाट बिरामीलाई स्वास्थ्य चौकीसम्म पु¥याउनको लागि स्वास्थ्य चौकीलाई ८ वटा बिरामी बोक्ने स्टेचर हस्तान्तरण गरेको छ । स्वास्थ्य चौकीको लागि यस वर्ष ५० हजार रकम छुट्याइएकोमा त्यसबाट ४८ हजार बराबरको ८ वटा स्टेचर स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको वडा सचिव भिम बहादुर केसीले बताउनुभयो । उहाँले अहिले ८ वटा दिएकोमा अझैँ थप छ वटा जति माग गरिएको जानकारी दिनुभयो । उहाँले अहिले बाटो नपुगेको अलि विकट ठाउँ जहाँ छ त्यहाँ स्वास्थ्य चौकी मार्फत स्वास्थ्य स्वयम सेवीकाद्धारा पु¥याइएको उहाँको भनाइ छ ।
अहिले वडाको सबै ठाउँमा बाटो नपुगेकाले एम्बुलेन्सको लागि भने आफुहरुले महल नगरेको सैघा स्वास्थ्य चौकी ईन्चार्ज भरत बहादुर बुढाले बताउनुभयो । वडाले दिएको ८ वटा बिरामी बोक्ने स्टेचर स्वास्थ्य चौकीले आफ्ना स्वयम सेवीका मार्फत विभिन्न टोलमा पठाइएको छ, । उहाँले भन्नुभयो त्रिवेणी टोल, पाँचपोखरी टोल, भगवति टोल लगायतका ८ वटा टोलमा पु¥याइएको बताउनुभयो ।
प्रकाशित मिति : २०७८ साउन २ गते शनिवार