२०८१ चैत्र १३ गते बुधवार

पहिरोले दुई जेसीबी र एक ट्याक्टर पुरियो : एक जनाको मृत्यु



२ असार, पाल्पा – पाल्पामा पहिरोले पुर्दा एक जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् । तिनाउ गाउँपालिका–६ मस्याममा लु ४ त ६६२९ नम्बरको ट्याक्टर र लु १ क २४९६ नम्बरको एक्स्काभेटरलाई पहिरोले पुरेको हो । पहिरोमा पुरिएर ट्याक्टरका सहचालक बर्दिया घर भइ पाल्पाको डुम्रे बस्दै आउनुभएका २७ वर्षका महेन्द्र पुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

एक्स्काभेटरका चालक रैनादेवी छहरा गाउँपालिका १ सिद्धेश्वरका सरोज बुढा घाइते हुनुभएको छ । बुढाको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भैरहेको छ । डुम्रेको भित्री कच्ची सडकमा हिलोमा फसेको ट्रयाक्टर निकाल्न गएको एक्स्काभेटरलाई समेत पहिरोले पुरेको हो ।।

प्रकाशित मिति : २०७८ साउन २ गते शनिवार
प्रतिक्रिया दिनुहोस्