२०८२ बैशाख १८ गते बुधवार

सुनचाँदीको भाउ घट्यो



३ असार, काठमाण्डौ – आज सुनचाँदीको भाउ घटेको छ । हिजो तोलामा एक हजार छ सय रुपैयाँले बढेको सुनको भाउ आज छ सय रुपैयाँले घटेको हो ।

आज सुन तोलाको एक लाख ४२ हजार दुई सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनकाे भाउ तोलाको एक लाख ४२ हजार आठ सय रुपैयाँ रहेकाे थियो ।

यस्तै आज चाँदी २० रुपैयाँले घटेर तोलाको एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्