२०८१ असोज २३ गते बुधवार

प्युठानमा अविरल वर्षातका कारण पहिरोको जोखिम



३ असार,प्युठान – प्युठानको माण्डवी गाउँपालिकामा पनि अविर वर्षातले गर्दा विभिन्न ठाउँमा क्षति पुगेको छ ।गाउँपालिकाको वडा नं १ मा पर्ने सिमलचौर गाउँमा राम बहादुर नेपालीको गोठ भत्किदा पशुचौपायाको विजोग भएको छ । भिरालो जमिन भएकाले गाउँमा पहिरो जाने खतरा देखिएकोले स्थानीय त्रसित बनेका छन । ठाउँ–ठाउँमा पहिरो गएर कसैको गोठ त कसैको घर नै बगाउँने स्थिति आएको उहाँको भनाइ छ ।

नियमित वर्षात भएको कारणले यस्तो घटना भैरहेको उहाँले बताउँनुभयो । त्यस्तै गाउँमा मोटर बाटोको पनि समस्या रहेको स्थानीय प्रेम बहादुर राहुँ मगरले बताउँनुभयो। मोटरबाटोको सुविधाबाट बन्चित हुदा गाउँ बासीहरूले धेरै पिडा भोग्दै आएका छन्।

उहाँले पहाडी क्षेत्र भएकाले भिरालो जमिन भएको र बाटो घाटोको राम्रो व्यवस्था नहुँदा आपत विपतको समयमा धेरै समस्या पर्ने बताउनुभयो । गाउँमा यसरी त्रासमा जीवन विताइरहदा स्थानीय जनप्रतिनिधिको भने ध्यान आकर्षण गर्नु पर्ने बिषय बनेका छैन ।।

प्रकाशित मिति : २०७८ असार ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्