२०८१ चैत्र १० गते आइतवार

राप्ती गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका विष्ट निर्वाचित



३ जेठ, दाङ –
दाङको राप्ती गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रकाश विष्ट निर्वाचित हुनुभएको छ । विष्टले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जगत प्रसाद पोखरेललाई ११९८ मत अन्तरले हराउँदै उहाँ विजयी हुनुभयो ।

विष्टले ६८९८ मत प्राप्त गर्दा पोखरेलले ५७०० मत प्राप्त गर्नुभयो । नेपाली कांग्रेसकी उम्मेदवार जदगदम्बा कुमारी चौधरीले ४११९ मत मात्र प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

राप्ती गाउँपालिकामा माओवादी र राष्ट्रिय जनमोर्चाबीच तालमेल थियो । अध्यक्षमा माओवादी र उपाध्यक्षमा जनमोर्चाले उम्मेदवार उठाएका थिए । तर जनमोर्चाबाट उपाध्यक्षमा उम्मेदवार बन्नुभएका केशवराज खनाल पराजित हुनुभएको छ । उहाँलाई नेकपा एमालेकी उम्मेदवार कमलापती चौधरीले पराजित गर्नुभयो ।

चौधरीले ६६७४ मत प्राप्त गर्दै विजयी हुँदा जनमोर्चाबाट उपाध्यक्ष उम्मेदवार बन्नुभएका खनालले ४४६४ मत प्राप्त गर्नुभयो । नेपाली काँग्रेसबाट उपाध्यक्ष उम्मेदवार हरिप्रसाद भुषालले ५४९६ मत प्राप्त गर्नुभएको छ।

दाङको राप्ती गाउँपालिका लुम्बिनी प्रदेशको स्थायी राजधानी रहेको क्षेत्रसमेत हो । २०७४ को स्थानीय तह निर्वाचनमा राप्ती गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको थियो ।

प्रकाशित मिति : २०७९ जेष्ठ ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्