२०८२ बैशाख १८ गते बुधवार

नेपालमा आज ९ हजार २ सय ४७ जनामा कोरोना पुष्टि



३ जेठ,घोराही- सोमबार (आज) नेपालमा ९ हजार दुई सय ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २१ हजार ६ सय ५३ जनाको पीसीआर परीक्षण गर्दा नौ हजार एक सय ९८ जना र चार सय ३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या चार लाख ६४ हजार दुई सय १८ पुगेको छ ।

यस्तै कोरोना संक्रमणबाट थप दुई सय १४ जनाको ज्यान गएको छ । यसअघिको प्राप्त विवरण र पछिल्लो २४ घण्टामा गरी दुई सय १४ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पाँच हजार दुई सय १५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार सात सय ६७ जना निको भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या तीन लाख ४५ हजार पाँच सय २३ पुगेको छ । अहिले नेपालमा एक लाख १३ हजार चार सय ८० जना कोरोनाका सक्रिय सक्रमित रहेका छन् ।।

प्रकाशित मिति : २०७८ जेष्ठ ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्