२०८१ चैत्र १३ गते बुधवार

घोराहीका नमस्ते बचत र बबई दुई सहकारी मर्ज




४ बैशाख,घोराही-
घोराहीमा नमस्ते बचत तथा ऋण सहकारी र बबई दिगो बचत तथा ऋण सहकारी संस्था बिच एकीकरण भएको छ । घोराही १५ मा रहेको नमस्ते र घोराही १० मा रहेका बबई विच एकीकरण भई नमस्ते बबई बचत तथा ऋण सहकारी संस्था लिमिटेड भएको हो । संस्थाको मुख्य कार्यालय घोराही १५ मा र नारायणपुरमा सेवा केन्द्र रहने गरि एकीकरण भएको हो । सहकारीमा लाग्नेहरुको दोहोरो सदस्यताको अन्त्य गर्ने र उस्तै प्रकृतीको काम गर्ने सहकारीहरु बिच एकीकरण गर्नुपर्ने सहकारी विभागको निर्देशन पछि घोराहीमा पहिलो पटक यी दुई सहकारी संस्थाहरु मर्ज भएका हुन् ।

अब दुई सहकारी मर्ज भएपछि कुल पूँजी ८ करोड ५० लाख भएको र अहिले ५ करोड ५५ लाख १३ हजार ७ सय ७६ रुपैयाँ ऋण परिचालन गरेको संस्थाका मुख्य व्यवस्थापक सुनिता थापाले जानकारी दिनुभएको छ । सहकारीमा एक हजार ३ सय ३२ जना सेयर सदस्य भएका छन् । संस्थाका अध्यक्ष अन्जनकुमार पौडेलको अध्यक्षता एवं जिल्ला बचत संघ दाङका उपाध्यक्ष हुमा डिसीको प्रमुख आतिथ्यता एवं घोराही उपमहानरपालिका सहकारी शाखा प्रमुख होमलाल भुसालको बिशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रबन्धक डिल्लीराज दाहाल र पतन्जली योग शिबिरका प्रशिक्षक दानबहादुर वुढाथोकीको समेत उपस्थितीमा दुई सहकारी विच एकीकरण भएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले एउटै उदेश्य र लक्ष्य लिएका सहकारीहरु बिच मर्ज हुनुपर्नेमा जोड दिएका छन् । सहकारी मार्फत बितरण हुने ऋणलाई व्यवसायीक र उत्पादन मूलक उद्यम सँग जोड्नुपर्नेमा समेत बक्ताहरुको सुझाब थियो । एकीकरण घोषणा तथा विषेश साधारणसभाले सहकारीको नयाँ कार्य समिति चयन गरिएको छ ।

जस्को अध्यक्षमा अन्जनकुमार पौडेल, उपाध्यक्षमा कोमलबहादुर बस्नेत र विक्रम कुँवर, सचिबमा इन्द्रबहादुर बुढाथोकी, कोषाध्यक्षमा रोबरबहादुर रावतलाई चयन हुनुभएको छ । सदस्यहरुमा गोमा अधिकारी, कमल शर्मा, मदन आचार्य, विनोदकुमार केसी, जमुना रावत, संगिता डिसी रहनुभएको छ । सहकारीको लेखा सुपरिबेक्षण संयोजकमा शुनिलकुमार रेग्मी, सदस्यहरुमा शंकर शर्मा र दिनेश आचार्यलाई जिम्मेवारी दिईएको छ । ऋण उपसमिति संयोजकमा इन्द्रबहादुर बुढाथोकी तथा सदस्यहरुमा सुरेश केसी र चित्रबहादुर वली रहनुभएको छ । सहकारीको मुख्य व्यवस्थापकमा सुनिता थापालाई जिम्मेवारी दिएको छ ।।

प्रकाशित मिति : २०७९ बैशाख ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस्