२०८१ असार ६ गते बुधवार

घोराहीमा रोकियो विद्यालय स्वास्थ्यकर्मी कार्यक्रम



४ बैशाख,घोराही – घोराही उपमहानगरपालिकाले चालु शैक्षिक सत्रमा सुरु गरेको विद्यालयमा स्वास्थ्यकर्मीको व्यवस्था ४ महिनामै रोकिएको छ । बालबालिकालाई स्वास्थ्य सचेतना दिन, स्वास्थ्य प्रबद्र्धन गर्न तथा आधारभूत स्वास्थ्य सेवा समेत विद्यालयमा उपलब्ध गराउने उद्देश्यले संघीय सरकारले यस प्रकारको नीति कार्यक्रम ल्याएको थियो ।

त्यो अनुरूप घोराही उपमहानगरपालिकाले पनि घोराही क्षेत्रमा रहेका नमुना विद्यालयका रूपमा रहेका माध्यमिक विद्यालय रझेना र पद्मोदय नुमना माविमा यस प्रकारको कार्यक्रम सुरु गरेको थियो ।

तर, विद्यालयमा राखिएका स्वास्थ्यकर्मीलाई तलब खुवाउने बजेट रोकिदिएपछि अहिले मावि रझेनामा स्वास्थ्यकर्मी हटाइएको छ । भरतपुरमा भने विद्यालय व्यवस्थापन समितिले तलव खुवाउने गरी चालु आर्थिक वर्षसम्मका लागि राखिएको छ ।

नगरले अन्य विद्यालयमा पनि यस प्रकारको कार्यक्रम विस्तार गर्नुपर्ने समयमा विद्यालयमा सञ्चालि कार्यक्रमको बजेट रोकिदिँदा विद्यार्थीहरू समस्या भोग्न बाध्य भएका छन् ।

घोराही उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख विनोद गौतमले नगरले विद्यालयमा स्वास्थ्यकर्मीका लागि ४ महिनाको बजेटको निकासा गरिएको बताउनुभयो । त्यसपछि अहिले बजेट निकासा हुन नसकेको उहाँको भनाइ छ ।।

प्रकाशित मिति : २०७९ बैशाख ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस्