२०८२ बैशाख ११ गते बुधवार

दाङको जनसंख्या साढे ६ लाखको प्रक्षेपण, गणनाको तयारी तिब्र



४ बैशाख,घोराही /
दश बर्षको अन्तरालमा दाङमा करिब एक लाख जनसंख्या बृद्धी भएको प्रक्षेपण गरिएको छ । यही बैशाख २६ गतेबाट हुन लागेको जनगणनामा दाङको जनसंख्या एक लाखले बृद्धी भएको प्रक्षेपण गरिएको हो ।

जिल्ला जनगणना कार्यालय दाङका अनुसार २०६८ सालमा गरिएको गणनामा ५ लाख ५२ हजार जनसंख्या रहेको र अहिले थप एक लाख जनसंख्या थपिएको आँकलन गरिएको छ ।

सोही आँकलन अनुसार आबस्यक तयारीको काम भैरहेको जिल्ला जनगणना अधिकारी तुलसीराम पोख्रेलले जानकारी दिनुभएको छ । कामलाई सहज र सरल बनाउन कार्यालयले जिल्लाका ७ स्थानमा स्थानिय जनगणना कार्यालय समेत स्थापना गरेको छ ।

जस अनुसार बबईको हापुरे, तुलसीपुरको दोघरे र बरुगागाउँ, घोराहीको जनगणना कार्यालयल मै र नवलपुर, लमहीको रातोडाँडा र गढवा बजारमा स्थानिय जनगणना कार्यालय स्थापना गरिएको हो ।

उक्त कार्यालयमा आबस्यक सामाग्रीहरु आज देखी पठाउन सुरुभएको जनगणना अधिकारी पोख्रेलको भनाई छ । यसैविच सुपरिवेक्षकहरुको छनोट भैरेहहेको छ । जिल्लामा १ सय ६७जना सुपरिवेक्षक र ७ सय ३९ जना गणक खटाउने तयारीका साथ छनोट भैरहेको उहाँले बताउनुभयो ।

‘मेरो गणना, मेरो सहभागिता’भन्ने नाराका साथ यही बैशाख २६ देखी जेठ १४ गते सम्म सुरपरिवेक्षकबाट घरपरिवारको सूचिकरण गरिने भएको छ । त्यसपछि जेठ २५ देखीअसार ८ गते सम्म गणकहरुले प्रत्येक घरमापुगेर जनगणना गर्ने छन् ।।

प्रकाशित मिति : २०७८ बैशाख ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस्