४ चैत्र,दाङ – दाङको तुलसीपुरका एक जनाको नदिमा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–३ का ४५ बर्षीय तेज बहादुर रास्कोटी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा डीएसपी सुनिल मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार तेज बहादुर दाङबाट राम्दी–रानिमहल निर्मानाधिन कालिगण्डकी करिडोर सडकखण्डमा लेबर काम गर्न पाल्पा गएका थिए ।
सोही क्रममा फागुन २९ गते बिहान साढे ११ बजेको समयमा जिल्लाको बगनासकाली गाउँपालिका–६ माईचौरस्थित कालिगण्डकी नदिमा नुहाउन गएको अवस्थामा डुबेर बेपत्ता भएका थिए । उनी बेपत्ता भएपछी सँगै नुहाउन गएका अर्का एकजना साथीले प्रहरीलाई खबर गरेका थिए ।
खबर पाएलगत्तै खोजतलासको काम सुरु गरेको प्रहरीले हिजो घटनास्थलदेखी २ सय मिटर तल पानिमा डुबेको अवस्थामा शव फेला पारेको डीएसपी मल्लले बताउनुभयो । शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल पाल्पामा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको पैहरीले जनाएको छ ।