२०८१ फाल्गुन ३ गते शनिवार

‘पीर’ गीत चुनावको मुखमा माओवादीलाई बदनाम गर्न ल्याइएको होः महरा



३ चैत, बुटवल– नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले चुनावको मुखमा माओवादीलाई बदनाम गर्ने योजनासाथ पीर गीत ल्याएको आरोप लगाएका छन्।

गीत ल्याउनमा गायक प्रकाश सपुतको भन्दा साम्राज्यवादी शक्तिको भूमिका बढी रहेको उनको आरोप छ।

बुटवलमा बिहीबार आयोजित लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले माओवादीविरूद्ध विगतदेखि नै साम्राज्यवादी शक्ति लागिरहेको बताए।

उनले भने, ‘चुनावको मुखमा आएर प्रकाश सपुतले जुन गीत बजारमा ल्याएका छन्। त्यो गीत उनले ल्याएका होइनन्, माओवादीलाई कसरी कमजोर पार्न र सिध्याउन सकिन्छ भन्ने गुरुयोजनासाथ साम्राज्यवादी शक्तिले ल्याएका हुन्।’

प्रकाशित मिति : २०७८ चैत्र ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्