२०८१ असोज २४ गते बिहिवार

वन डढेलो नियन्त्रणका तथा व्यवस्थापन सम्वन्धि अन्र्तक्रिया




३ फागुन, घोराही –
डिभिजन वन कार्यालय दाङले वन डढेलो नियन्त्रण तथा ब्यवस्थापन सम्वन्धि अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला वन क्षेत्र समन्वय समितिका संयोजन जिल्ला समन्वय अधिकारी जितेन्द्रमान नेपालीको अध्यक्षता एंव घोराही उपमहागरपालिकाका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको बिशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा डिभिजन वन कार्यालय दाङका प्रमुख डिभिजनल अधिकृत मोहन श्रेष्ठले जिल्लामा वन डढेलोको अवस्था, वन डढेलो नियन्त्रणका लागि कार्यालयले थालेको तत्कालिन र दिर्घकालिन योजनाका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यपत्रमा वन डढेलो नियन्त्रणका लागि प्रचारप्रसार मूलक कार्याक्रम, जोखिम क्षेत्रका विद्यालयमा पुगेर स्कूल शिक्षा दिने, अग्निरखा निर्माण र मर्मत लगायतका कार्यक्रम गरिने उल्लेख छ ।

वन डढेलो लगानुहुन्न भन्ने जनचेतनाको अभाव, वनमा च्याउ, जडिवुटी र अन्य पालुवा उमार्नका लागि आगो लगाउनु, चोरी सिकारीका लागि जनावरणलाई छेक्न र वनमा डढेलो लगाउनेको पहिचान गरी कारवाही गर्न नसक्दा र वन पैदावारको ब्यवस्थापन हुन नसक्दा वन डढेलो लाग्ने गरेको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

सामुदायिक वनमा उपभोक्ता समूहले बैज्ञानिक वन ब्यस्थापन खारेजीका कारण र आफ्नो वनको कार्ययोजना समयमा बन्न नसक्दा वनमा काम गर्न वन सुकेका काठ, पातपतिङ अस्तब्यस्त रुपमा रहने र त्यसको ब्यवस्थापनका लागि काम नगर्दा वन डढेलोको जोखिम बढेको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

दाङका ८३ सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेका छन । चुरे क्षेत्रमा रहेका सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ चैत्र ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्