४ चैत,घोराही।
रोल्पामा अज्ञात समूहले एक युवकको हत्या गरेको छ । परिवर्तन गाउँपालिका वडा नम्बर ६ नाफेका ३१ बर्षिय विरेन्द्रप्रकाश गिरीको अज्ञात समूहले हत्या गरेको हो ।
घरमै बसेको अबस्थामा आएका तीन जनाको समूहले गिरीलाई धारीलो हतियार प्रहार गरेको परिवारलाई उदृत गर्दै रोल्पाका प्रहरी प्रमुख, डिएसपी नरेशराज सुवेदीले जानकारी दिनुभएको छ ।
इलाका प्रहरी कार्यालय पाछाबाङ, घर्तिगाउँ र प्रहरी चौकी इरिबाङबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्नको खोजि थालेको छ ।
प्रकाशित मिति : २०७७ चैत्र ४ गते बुधवार