२०८२ बैशाख ९ गते सोमवार

प्रधानमन्त्री ओलीले दाङ्गाली मतदाताको अपमान गरे–पूर्वमन्त्री शर्मा



५ फागुन, दाङ – पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री दाङ पुगेर मतदाताको अपमान गरेको बताउँनु भएको छ । नेकपा एमालेले दाङको घोराहीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनमा शंकर पोखरेललाई हराएर दंगाली जनताले गल्ती गरे भन्नु सिंङ्गो मतदाता प्रतिको अपमान गरेको बताउँनु भएको हो । प्रधानमन्त्री ओलीले पोखरेले चुनाव जित्दा दाङको विकास गर्न धेरै सहज हुने थियो भन्ने कुरा गलत भएको टिप्पनी गर्नुभयो ।

आम मतदाताले कुन दल र कुन उमेदवारलाई भोट हाल्ने भन्ने कुरा मतदाताको अधिकार भएको प्रतिक्रिया दिदै शंकर पोखरेललाई दंगाली जनताले हराएर गल्ती गरे भन्नु सिंङगो दङ्गाली जनताप्रति नै अपमान गरेकोमा खेत प्रकट गर्नुभयो । २०७४ नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रकै साहारामा चूनाव जितेको प्रधानमन्त्री ओलीले नभुल्न नहुने बताउँनुभयो ।

प्रतिनिधीसभा दाङ क्षेत्र नं.२ बाट निर्वाचित पूर्वमन्त्री शर्माले शंकर पोखरेले माओवादी केन्द्रको सहयोग बिना चूनाव जित्न नसक्ने धारणा व्यक्त गर्नुभयो । एमाले पार्टीले बिकास गर्ने नाममा जनतालाई ढाटेर कमिशन पाउँने आशामा आफू निकटका मान्छेलाई घोराही,तुलसीपुर फोरलेन सडकको ठेक्का दिएको बताउँदै एमालेकै कारण फोरलेन बन्न नसकेको प्रतिक्रिया दिनुभयो । स्वयम् आफू र नेपाली काग्रेसका लुम्बिनी प्रदेशका सांसद राजु खनाल,प्रचण्ड बिक्रम न्यौपाने ठेकेदारसंग अदालत नजाने सहमति गरेपछि मात्रै फोरलेन सडक निर्माणको काम थालिएको बताउँनुभयो ।

प्रचण्ड नेत्रित्वको सरकारले घोराही,तुलसीपुर फोरलेन सडक निर्माणको प्रकृया थालिएको भन्दै त्यसको जस एमाले पार्टीले लिन खोजेको बताउँनुभयो ।
२०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा चुनावमा दाङ २ बाट एमाले महासचिव शंकर पोखरेल पराजित भएका थिए । उनलाई माओवादीकी रेखा शर्माले हराउनु भएको थियो । कांग्रेससँगको गठबन्धनबाट उम्मेदवार बनेकी शर्मा पोखरेललाई १०३ मतले हराउनुभयो । शर्माले २६ हजार ८ सय ८ मत ल्याउँदा पोखरेलले २६ हजार ६ सय ८७ मत प्राप्त गर्नु भउको थियो । दाङ २ मा तेस्रो स्थानमा रहेका रास्वपा उम्मेदवार विशाल अधिकारीले १५ हजार ८ सय ६१ मत ल्याएका थिए ।

प्रकाशित मिति : २०८१ फाल्गुन ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस्